विर्तामोड । इलामको मैनाचुली बाढी मापन केन्द्रमा कनकाई नदीको बाढीले सतर्कता तह पार गर्न लागेको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मैनाचुलीमा सोमबार साँझ ६ बजे गरेको मापनले यस्तो संकेत गरेको केन्द्रले जनाएको हो।
नदी तट आसपास नजान मानिसहरूलाई सचेत गराइएको छ।
नदी आसपासका बस्तीका सर्वसाधारणलाई राती अवेरसम्म सतर्कता अपनाउन केन्द्रले सर्वसाधरणलाई म्यासेज पठाएको छ।