काठमाडौ, ५ भदौ।

शुक्रबार एकै दिन कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर थप  ११ जनाको कोरोनाका कारण मृत्यु भएको  छ। यो सगै मृतकको संख्या १४० पुगेको छ।

मृत्यु हुने ११ जिल्लाका एक महिला र १० पुरुष छन । विगत २४ घण्टामा देशभर ८ सय ३८ संक्रमित थपिएका छन्। यो संख्या थपिएसँगै कुल संक्रमित हुनेको संख्या ३० हजार नाघेको छ। यीमध्ये सक्रिय संक्रमित अर्थात उपचार भइरहेकाहरुको संख्या १२ हजार १ सय ३२ जना छ।

सुनसान काठमाडौ

कागेश्वोरी मनोहरामा कोरोना संक्रमितको संख्या ७६ जना