भदौ ११, काठमाडौ।

नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र बिवाद समाधानका निम्ति बनेको कार्यदलको प्रतिबेदन सम्बन्धि  हालै संचार माध्यममा आईरहेका टिप्पणी प्रती आफ्नो ध्यानाकर्षण भएको बताएका छन। खण्डन गरेका छन।आज उनका स्वकिय सचिब मोहन गौतमले सामाजिक संंजाल (फेसबुक) मार्फत  एक सन्देश जारी गर्दै उनले यो कुरा जानकारी गराएका हुन।

गौतमले लेखेका छन, “वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन । अझ दुखद कुरा त के छ भने हाम्रै पार्टीका कतिपय जिम्मेवार कमरेडहरू जोडिएका वा उहाॅहरूले चलाएका कतिपय मिडियामा कपोलकल्पित एवम् मनगढन्ते कथाहरू पस्किएर सम्मानित नेताको चरित्र हत्या गरी आत्मसन्तुष्टी लिने नियोजित कोशिस भएको छ । बिगत लामो समयदेखि पार्टीमा बिधि, प्रक्रिया, प्रणाली र मापदण्डको कुरालाई (अल्पमत, बहुमत वा सर्वसम्मत जे हुॅदा पनि ) उठाउॅदै आउनुभएका उहाॅले अनौपचारिक परामर्शको आधारमा गठन गरी सचिवालय बैठकबाट (उहाॅहरूकै माग बमोजिम) अनुमोदन गरिएको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सचिवालयको बैठकमै टीप्पणी, राय, सुझाव, धन्यवाद एवम् आलोचना गर्ने हुनाले बाहिर गरिएका नियोजित हल्ला एवम् अफवाहमा नपर्न सबैमा सादर अनुरोध गर्दछु।”

पछिल्लो समय नेकपाले पार्टिमा बिधमान समस्या समाधानका लागी बनाएको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिबेदनप्रती माधब नेपालको असन्तुष्टि भनेर विभिन्न संचारमाध्यमा समाचार आईरहेका छ्न।

शंखरापुरमा थप ३ जनामा कोरोना संक्रमण

नेपाल आईडलले पायो पहिलो महिला बिजेता