समग्र बिद्यार्थी आन्दोलन र यसका नेताहरु आफ्ना संगठन र मुद्दाबाट बिचलित भईरहेको बर्तमान  परिस्थितीमा नेकपा सम्बद्द एक बिद्यार्थी नेता दिनरात घामपानी रभोकतिर्खाको प्रबाह नगरी  मोरङको बिराटनगरमा अहोरात्र  मानव सेवामा लागिरहेका छन।  नेकपाको बिद्यार्थी संगठन अखिल नेपाल  स्वतन्त्र बिद्यार्थी युनियनका केन्द्रिय सदस्य ओसिम आलम आफ्ना केही युवा सहयोगीका साथ बिराटनगरमा कोरोनासनंग लडिरहेका, सडक पेटिमा बस्ने तथा कोरोनाका कारणका रोजगारी गुमाएका मनिसलाई खाना खुवाइरहेका छन।

 

 

मोरङको बिराटनगरका बिभिन्न स्थानमा बिगत १४ दिनदेखी कोरोनाका कारणले खान नपाएर बिचल्ली परेका मानिसहरुलाई उनको समुहले  बिभिन्न संघ सस्थाको सहयोगमा निशुल्क खाना खुवाइरहेका छन। सरकारले पहिलो पटक गत चैत्रमा गरेको लकडाउनमा ८० दिन  खाना खुवाएको आलमको टिमले पछील्लो पटक पनि १४ दिन खाना खुवाईसकेको छ। आलमको टिमले हाल सडक पेटिमा बसेर गुजारा चलाईरहेका तथा कोरोनाका कारणले  महामारिमा रोजगारि गुमाएका श्रमिकहरुलाई बिहान र बेलुका खाना खुवाउदै आइरहेका  छन्।  बिहान र बेलुका गरी करीब ४०० जनालाई खाना खुवाएको आलमले जानकारी दिए।धेरै दिनदेखी खाली रहेको पेटमा खाना खान पाँउदा आफुहरु धेरै खुशी भएको एक श्रमिकले बताए।

 

हाल बिराटनगरमा जारी निषेधाज्ञा यही भदौ २४ गते सम्मका लागि थपिएको छ। बिभिन्न संघ संस्थाको सहयोगमा खाना खुवाउदै आएको आलमको समुहलाई बिराटनगर स्थित “रोयल बिर्यानी हाउसका” संचालक पप्पु अन्सारिले खाना बनाउने ठाँउ  (भान्छा)  दिएर सहयोग गरेका छन्।   बिभिन्न संघ सस्थाबाट खाधान्न तथा अन्य अत्यावाश्यक सहयोग पाइरहेको यो  समुहलाई  स्थानिय कोपिन्द्र सिंहले तरकारी सहयोग सहयोग गरेका छन्। सो अवसरमा प्रहरी प्रशासन, स्थानिय ब्यापारी तथा अन्य बिभिन्न राजनीतिक दल तथा साथीभाईको साथ सहयोगले  नै आफ्नो यो अभियान सफल भएको आलमले टेलिफोन मार्फत समुदयखबरालाई जानकारी दिए।  सबैको साथ र सहयोग पाए बिराटनगरमा निषेधाज्ञा जारी रहुन्जेल यस अभियानलाई संचालन गर्ने जानकारी गराए।आलमको समुहले गरेको यो कामले आज मानव संबेदना हराइरहेको हाम्रो समाजलाई दीनदुखी, गरीबको सेवामा लाग्न प्रेरणा मिल्न सक्छ।

 

फोटो सौजन्य :ओसिम आलमको फेसबूक बाट

फोटो सौजन्य :ओसिम आलमको फेसबूक बाट

 

एक साता थपियो निषेधाज्ञा

साँखु-बाहुनिपाटि सडक छिट्टै कालोपत्रे हुँदै