भदौ २४, काठमाडौं।
कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्या को ६५ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जीडीपी करिब २७ प्रतिशत योगदान छ । त्यसैले, कृषि क्षे राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ । देशको विकास र समृद्धिको लागि कृषी क्षेत्रले महत्वपूर्ण योगदान गर्दछ । देशको आवश्यकता र सम्भाव्यता अनुरूप कृषि विकाससम्बन्धी नीति तर्जुमा एवं कार्यान्वयन गरी प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दीगो आर्थिक वृद्दी हाँसिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु पर्दछ।
काठमाडौ उपत्यकाको उत्तर पूर्वमा पर्छ शंखरापुर नगरपालिका। रत्नपार्कबाट करिव २५ किलोमिटर दुरिमा रहेको कागेश्वोरी मनोहराको सिमानादेखी पुरात्वातिक महत्व बोकेको साँखु बजार, धार्मिक महत्व बोकेको बज्रायोगिनी मन्दिर, तथा पर्यटकिय क्षेत्र मणिचुड, जहरसिंहपौवा तथा यस नगरपालिकाकै बिकट पटाप तथा छापभन्ज्याङको केराबारी क्षेत्र समेत यही पर्दछन। शंखरापुर नगरपालिकाको वडा नं १, २ र ३ का अधिकांश जनाताको मुख्य पेशा कृषी अन्तर्गत दुध उत्पादन तथा बिक्रिबितरण पर्दछ। आज हामी शंखरापुर नगरपालिका वडा नं ४ र ८ मा रहेको स्कुस खेतिका बारेमा चर्चा गर्नेछौ।
कृषि पेशाबाट खासै आम्दानी गर्न सकिदैन भन्नेहरुका लागि उदाहरण बनेका छन शंखरापुरका किसान। शंखरापुर नगरपालिकाका दुइवटा वडा ४ र ८ मा कुल जनसंख्याको ७०% किसानले यो खेती गरेका छन। एक बर्षमा करिव ४ महिना (जेठ देखी कात्तिकसम्म) उत्पादन हुने यो खेतिबाट यस बर्ष लकडाउनका कारणले शुरुशुरुमा प्रतिकिलो ६० देखी ७० रुपैयाँमा बेचेका यहाँँका किसानले अहिले प्रतिकिलो १५ रुपैयाँमा बिक्री गर्ने गरेको शंखरापुर ८, बज्रायोगिनीका कृषक भरत खत्री बताउँछन। यस बर्ष करिब ३ रोपनी जग्गामा १ लाख लगानी गरेर स्कुस लगाएका खत्रीयो खेतिबाट अहिले करिव २ लाख आम्दानी गर्ने सोचमा छन। थाक्राका लागि तारु बास र डियपी तथा कम्पोस्ट मलको आवश्यकता पर्ने र थाक्राका लागि आवश्यक पर्ने एउटा तारु बाँसको मुल्य करिव ३०० सम्म पर्ने उनी बताउँछन। एकपटक बनाएको थाक्रोलाई ३ बर्षसम्म प्रयोग गर्न सकिने समेत खत्री बताउँछन। शंखरापुर नगरपालिकाको ८ नं वडामा रहेका ६०० घरधुरीमध्ये ७०% ले यो खेतिमा लागेर राम्रो आम्दानी गर्ने गरेका छन। शंखरापुर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष तथा नगर प्रवत्ता हितमान तामाङ नगरपालिका समेटा अब यो खेतिलाई वयबसायिक तथा ब्यबस्थित गरेर स्कुसलाई तरकारी मात्रा सिमित नगराई यसबाट बन्न सक्ने अन्य खाध परीकारका बारेमा समेत वडा तथा नगरपालिकाले सोचिरहेको बताउँछन। हाल आफ्नो वडाको बजेटको ठुलो रकम भौतिक पुर्वाधार(बिशेष गरेर सडक) मा खर्च हुने गरेको र सडक संजालको बिकासबाट जनतालाई प्रत्तक्ष फाईदा पुगेको बताउँछन। एक सिजनमा करोडभन्दा बढिको आम्दानी हुने यो ब्यवसायले आफ्नो वडाको आम्दानिको ठुलै हिस्सा ओगटेको समेत अध्यक्ष तामाङ बताउँछन। आम्दानिको अन्य कुनै खास श्रोत नभएका यहाँका किसानलाई आर्थिक उपार्जनका हिसावले यस् ब्यवसायबाट धेरै नै राहत पुगेको समेत उनी बताउँछन।
त्यस्तै शंखरापुर नगरपालिका वडा नं ४ लप्सेफेदिका पनि अधिकांस किसानहरु कांक्रो तथा स्कुस खेतिबाट राम्रो आम्दानी गरिरहेका छन। अधिकांश तामाङ जातिको बाहुल्यता रहेको यस वडाका साबिक (लप्सेफेदी १,२ र ३) मा करिव ९०% किसानको मुख्य आम्दानिको श्रोत स्कुस खेती भएको र यसबाट आफ्नो वडाका कृषकले १ बर्षमा १ करोड ५० लाखदेखी २ करोडसम्म आम्दानी गर्ने गरेको वडा अध्यक्ष बुद्दी बहादुर तामाङ बताउँछन। एकजना किसानले एक सिजनमा १ जना किसानले १ लाखदेखी ६ लाखसम्म कमाउने गरेको अध्यक्ष तामाङ बताउँछन। अन्य बेलामा भारत तथा नेपालका बिभिन्न ठाँउबाट तरकारी आउने काठमाडौं उपत्यकामा कोरोना भाईरस (कोभिड १९) का कारणले लगाइएको लकडाउनले गर्दा काठमाडौंका प्राय भान्छामा शंखरापुरको स्कुस पुग्ने गरेको अध्यक्ष तामाङ बताउँछन। स्थानिय स्कुस ब्यापारी राज मोक्तान यहाँ संकलन गरेको स्कुस काठमाडौंको कालिमाटी, बानेश्वोर तथा अन्य स्थानमा लगेर बेच्ने गरेको बताउँछन।
त्यसैगरी शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ शंखरापुर नगरपालिकाको प्रमुख आय श्रोतको रुपमा रहेको कृषी ब्यवसायलाई के कसरी अझ के कसरी ब्यबस्थित र आयमुलक बनाउने भनेर आफुले संबन्धित पक्षसंग छलफल गरिरहेको बताउँछन। यस आर्थिक बर्षको निती तथा कार्यक्रममा समेत आफुले पशुपालन तथा कृषि ब्यवसायलाई आवश्यक अनुदान तथा सुबिधाको ब्यबस्था गरेको बताँउछन।