असोज १४, काठमाडौँ|
शंखरापुर नगरपालिकामा हालसम्म ८६३ जनाको पिसिआर तथा ५७५ जनाको आर डि जाँच सम्पन्न भएको छ| जसमध्ये पछिल्लो पटक थप २ जना नयाँ संक्रमित थपिएका छन्|यो संगै अब शंखरापुर नगरपालिका कुल संक्रमितको संख्या ४२ पुगेको छ| जसमध्ये सक्रीय संक्रमितको संख्या १८ जना पुगेको छ|
हालसम्म २२ जना स्वास्थ्यलाभ गरि घर फर्किएका छन्| होम अईसोलेसनामा १६ जना तथा सुष्मा कोइराला स्थित हस्पिटलको अईसोलेसनमा २ जना संक्रमितले उपचार गराइरहेको शंखरापुर नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ|