असोज १५ काठमाडौं।

नेपालकै पुरानो तथा अग्रणी मध्येको बैंक, कृषि  बिकास बैंकले आज काठमाडौंको कागेश्वोरी मनोहरा वडा नं ६ , स्थित मूलपानीमा आफ्नो शाखा बिस्तार गरेको छ। उक्त्त बैंकले ७ वटै प्रदेशका  ७७ जिल्लामा  करिव २७८ वटा भन्दा बढी शाखाहरु बिस्तार गरिसकेको छ। आज कागेश्वोरी मनोहरानगरपालिका वडा नं ६ स्थित  मूलपानीमा आयोजित एक कार्यक्रमका बिच बाग्मती प्रदेशका सांसद मणिराम फुयाल तथा कागेश्वोरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रुपमा सो बैंक शाखाको उद्घाटन गर्नुभएको हो।सो अवसरमा  मेयर थापाले कृषि बिकास बैकले यस नगरपालिकामा आफ्नो सेवा बिस्तार गरेसङ्गै आगामी दिनमा  यस नगरपालिकामा बसोबास गर्ने  सबै नागरिकको बैंकिङ क्षेत्रमा पहुँच पग्ने र आर्थिक कारोवार थप सहज र सुरक्षित हुने बताउनुभयो |

 

 

 

 

 

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

जिल्ला समन्वय समिति प्रमुख तामाङले हस्तान्तरण गरे गृहमन्त्रीलाई प्रतिवेदन