असोज १६ काठमाडौँ|
नेपालका अन्तराष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्का विश्वका ५० भन्दा बढी खेलाडी सहभागी हुने विश्व भर्चुअल तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् |कागेश्वोरी मनोहरा निवासी खड्का अक्टोबर १०,११,१७ र १८ तारिखमा युएस वोर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका हुन |
यस निओ प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का एसियाबाट छानिएका हुन| खडका ग्योरोगी ,पुम्से ‘ तथा पारा तेक्वान्दोका एकमात्र नेपाली निर्णायक हुन् | खेल जगत नै कोरोना महामारिका कारणले थालिएको यो समयमा यो प्रतियोगिता भर्चुअल्ली हुन लागेको र यस प्रतियोगितामा आफु निर्णायकको भूमिका निभाउन पाँउदा आफुलाई गौरब लागेको खडकाले समुदाय खबरलाई सुनाउनुभयो|