असोज १८,काठमाडौँ |

कृषिमन्त्रि घनश्याम भुषालले  हिजो  (शनिबार)  मेलम्ची नगरपालिका, वडा नं १ को  भोटेचौर स्थित सूर्यमुखी साना किसान कृषि सहकारी को अवलोकन गर्नु भएको छ| साथै  उहाले भोटेचौरका युवा व्यवसायी महेश चौलागाई लगायतका युवाहरुले  गरेको किबी खेतीको समेत सो अवसरमा अवलोकन गर्नुभएको छ|भोटेचौर तथा हैबुङ्गमा करिव २०० रोपनी क्षेत्रफलमा गरिएको  किबी खेति नेपालकै ठुलो  मध्येमा पर्छ| उक्त्त कार्यक्रममा  कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठक तथा नेपाल टेलिभिजनका पत्रकार दिपक समीरको समेत  उपस्थिति  रहेको थियो|

कृषिमन्त्रि भूषाललाई सूर्यमुखी साना किसान कृषि सहकारीका अध्यक्ष तथा नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटि सदस्य  मित्रलाल चौलागाई तथा भोटेचौर स्थित नेकपाका अन्य कार्यकर्ताले स्वागत गरेका थिए | सो अवसरमा कृषिमन्त्री भुसालले कृषि क्रान्तिमार्फत नै देशको आर्थिक समृद्धि सम्भव रहेको र यसका लागि सरकारले सक्दो सहयोग गर्ने  बताउनुभयो| सो अवसरमा  मन्त्रि भुषालले यस क्षेत्रका किसानको जीवनस्तर उकास्नाका लागि सूर्यमुखी साना किसान कृषि सहकारीले पुर्याएको योगदानको खुलेर प्रसंसा गर्नुभयो |

अशोक खड्का विश्व भर्चुअल तेक्वान्दोको निर्णायक मण्डलमा छनोट

भक्तपुरमा १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार