असोज २२,काठमाडौँ |
आज (बिहिबार) पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा साँखु – फट्केश्वोर -बाहुनेपाटि सडक(बैकल्पिक सहायक राजामार्ग) को निर्माण कार्यको सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ | शंखरापुर नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग , बाग्मती प्रदेशका संसद मणिराम फुयाल तथा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल ,महानगरीय प्रहरी साँखुका प्रमुख ,प्रहरी निरीक्षक जानुका खरेल, निर्माण व्यवसायीका तर्फबाट रौता भगवती कमलजित जेभीका भिम श्रेष्ठ तथा विभिन्न राजनितिक दलका प्रतिनिधि तथा आम जनसमुदायको उपस्थिति थियो | | बिहिबार बिहान ८ बजे जहरसिंहपौवा बजारमा भएको उक्त कार्यक्रममा सो क्षेत्रका करिव ५०० भन्दा बढी महानुभावको उपस्थिति थियो | सो सडक निर्माणको खबरले स्थानीय निकै हर्सित देखिन्थे |
करिव १३ किलोमिटर लम्बाई रहेको यस सडकमा आर्थिक बर्ष २०७७/ ७८ मा बहुबर्षे योजनाका लागि करिव ३५ करोड बराबरको ठेक्का निस्किएको छ | १० मिटर फराकिलो हुने उक्त सडक करिव ७ मिटर चौडामा (असफाल्ट पिच )कालोपत्र हुने काठमाडौँ, सडक डिभिजनका इन्जिनियर रामचन्द्र फुयालले जानकारी दिनुभयो | यो सडक सम्पन्न भएपस्चात सिन्धुपाल्चोक जिल्लाका जोडने सबैभन्दा छोटो दूरीको यो सडक बन्ने छ। यस सडकमा बजेट सुनिस्चितताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा पुर्व कानुन मन्त्रि तथा नेकपा युवा नेता शेरबहादुर तामाङ्ग,शंखरापुरका मेयर सुबर्ण श्रेष्ठ तथा यहाका सामाजिक अगुवाहरुले लामो समयदेखि मेहनत गरेका थिए| यससंगै यो सडकमा करिव ६० करोडभन्दा बढी बजेट बिनियोजन भैसकेको छ|
उक्त कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले यस क्षेत्रका जनताको लामो समयदेखिको सपना पुरा भएको बताउनुभयो |त्गयसैगरी पूर्व कानुनमन्त्रि शेरबहादुर तामाङ्गले यस सडकमा बजेट सुनिस्चितताका लागि लाग्नुहुने सबैलाई धन्यबाद दिनुहुदै छापभन्ज्याङ्ग देखिको बाँकी करिव ५ किलोमिटर सडक निर्माणका लागि सबै लागिरहेको बताउनुभयो| त्यसैगरि बागमती प्रदेश संसद मणिराम फुयालले अब यस क्षेत्रको मुहार फेरिने बताउनुभयो| काठमाडौँ, सडक डिभिजनका इन्जिनियर रामचन्द्र फुयालले सडकलाई गुणस्तरीय बनाउन आम जनसुदायको प्रत्यक्ष निगरानी रहनुपर्ने बताउनुभयो | कार्यक्रमा बोल्नुहुदै शंखरापुरका मेयर सुबर्ण श्रेष्ठले यस क्षेत्रले माधव कुमारनेपाललाई जनप्रतिनिधिको रुपमा पाउनुले नै आज यो काम सम्भव भएको बताउनुभयो |