असोज २२, काठमाडौँ |
आज (बिहिबार ) लकडाउनका बेला विराटनगरका विभिन्न सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना खुवाएको युवाहरुको समुहलाई एक साउथ अफ्रिकी संस्थाले सम्मान गरेको छ ।
कोरोना महामारीका कारण मुलुकले भोगेको लकडाउन र त्यसपछिको निशेधाज्ञामा करिव १०० दिन भन्दा बढी खाना खुवाएका बिधार्थी नेता ओसिम आलमको समूहलाई साउथ अफ्रिकी संस्था ग्लोबल युथ लिडर्स नेटवर्कले सम्मान गरेको हो| आलमको समुहले दैनिक ज्यालादारी गर्ने मजदुर , मागेर खाने तथा विपन्न वर्गलाई बिराटनगरका विभिन्न स्थानमा निशुल्क खाना खुवाएको थियो | उक्त अभियानले कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका व्यक्तिहरुलाई भोकै बस्न नदिएको भन्दै युवाहरुको अभियानको उच्च प्रसंसा गर्दै सम्मान गरेको हो ।
बिहिवार एक कार्यक्रमका बिच सो संस्थाका कन्ट्री एम्बासेडर रचुमनी लुइँटेलले अभियानको नेतृत्व गरेका अभियन्ता ओसिम आलमलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । अभियानलाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिँदै अभियन्ता आलमले यो सम्मानको हकदार सम्पुर्ण सदस्यहरु रहेको बताएका छन् । उनले सम्पुर्ण सदस्यहरुले दिनरात नभनी गरेको मिहेनत र लगावले हाम्रो अभियान सम्मानको हकदार भएको बताए ।
विश्वका झन्डै ३८ देशमा नेटवर्क रहेको सो संस्थाको केन्द्रिय कार्यलय भने साउथ अफ्रीकाको जोहान्सबर्गमा रहेको छ ।