२२,मंसिर २०७७|

शंखरापुर नगरपालिकाले विभिन्न वडामा सक्रिय सामुदायिक स्वास्थ्य स्यमसेविकालाई नगद सहित सम्मान गरेको छ|शंखरापुर नगरपालिकामा यहि मंसिर २० र २१ गते आयोजित एक कार्यक्रममा  शंखरापुर नगरपालिकामा सक्रिय करिव १ सय ७ जना सामुदायिक स्वास्थ्य स्यमसेविकालाई सम्मान गरिएको हो|शखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले १० हजार नगद तथा  एक\एक थान ब्याग सहित् सम्मान गर्नुभएको हो|

शंखरापुर नगरपालिकामा सक्रिय सामुदायिक स्वास्थ्य स्यम्सेविकाले  कोभिड १९  रोकथामका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्दै यस नगरपालिकाको  विभिन्न वडामा भिटामिन ‘A’ तथा बिभिन्न खोप कार्यक्रम तथा अन्य स्वास्थ्य कार्यक्रमहरुमा संचालन गर्न महत्वपूर्ण भूमिका निर्बाह गरिरहेका छन्| शंखरापुर नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्याउने सबैको भूमिकालाई उचित मुल्यांकन गर्ने र आगामी दिनहरुमा यस्तै अन्य कार्यक्रमहरु संचालन गर्ने शंखरापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु प्रसाद चापागाईले समुदायखबरलाई जानकारी दिनुभयो| उक्त कार्यक्रममा शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ तथा प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले समेत मन्तब्य राख्नु भएको थियो|

सद्वाव युवा समाजद्वारा “मानव सेवा आश्रमलाई”आर्थिक सहयोग प्रदान

साँखुमा ७ सय मिटर सडक कालोपत्रे हुँदै