मंसिर २७,काठमाडौँ|
शंखरापुर नगरपालिकाको साँखुको सडक कालोपत्रे गर्ने कामको सुरुवात भएको छ| सडक डिभिजन काठमाडौँले साँखुको पुरानो बसपार्कदेखि महादेवस्थानसम्मको करिव ७ सय मिटर सडक कालोपत्रे गर्न लागेको हो| पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका संघिय सांसद माधव कुमार नेपालको संसादबिकास कोषको करिव २ करोड १९ लाख रुपैया बजेबाट ७ सय मिटर सडक कालोपत्र गर्न लागिएको हो| यसमध्ये यसअघिनै ७ सय मिटर सडकमा पक्की नाली बनाउने र २ सय मिटर सडक ढलानको काम सम्पन्न भैसकेको छ|
बाँकी करिव ५४० मिटर सडक अबको एक हप्तामा कालोपत्र गर्न लागिएको उक्त्त सडक निर्माणको जिम्मा लिएको जागृति बि एन टि जेभीका प्रतिनिधि निर्माण व्यवसायी मोहन श्रेष्ठले जानकारी दिनुभयो|यो सडक करिव ७ मिटर चौडा र ५ सेन्टिमिटर बाक्लो आसफाल्ट पिच हुने बताईएको छ|सडक ७ मिटर चौडा कालोपत्र हुने भानिएतापनि बाटो साँघुरो भएकाले सडक सोभन्दा कम पिच हुने समेत श्रेष्ठले बताउनुभयो| २०७७ साउनमा निर्माणको जिम्मा पाएको यस कम्पनीले यहि ०७७ पुसमा निर्माण सम्पन्न गरि सडक बिभागलाई बुझाईने समेत निर्माण व्यवसायी श्रेष्ठ बताउनुहुन्छ|
स्थानीय समाजसेवी तथा नेकपा काठमाडौँ जिल्ला कमिटि सदस्य एल पी श्रेष्ठले यो बाटोमा कालोपत्र सम्पन्न हुनासाथ यहाका जनताले बर्सेनि भोग्नु परेको धुलो र छारोबाट मुक्ति पाउने र यसका लागि उहाले पूर्व प्रधानमन्त्री तथा यसै क्षेत्रका संघिय सांसद माधव कुमार नेपाललाई यहाका जनताको तर्फबाट धन्यबाद समेत ब्यक्त गर्नुभयो|