मंसिर ३०, काठमाडौँ

सहकारी संस्थाहरुको भीडमा आफ्नो छुटै पहिचान बनाएको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले बढ्दो प्रविधिको प्रयोगलाई थप विकास गर्ने निर्णय गरेको छ । उक्त संस्थाले यहि मंसिर १४ गतेबाट थप सेवा बिस्तार गरेको छ । काठमाडौँको  गोकर्णेश्वोर नगरपालिकाको जोरपाटीमा गत हप्तामात्र आफ्नै अत्याधुनिक भवनको शिलान्यास गरेको यस संस्थाले काठमाडौँको साँखु,कालिमाटी,नयाँबजार,तथा काँडाघारीमा शाखा बिस्तार गरिसकेको छ|

संस्थाले नेचुरल स्मार्ट एपमार्फत फोनपे तथा ईसेवासँग सम्झौता गरी क्यूआर मर्चेन्टमा क्युआर स्क्यान गरी बिल भुक्तानी तथा खल्ती वालेटमा सहजै रकमान्तर गर्न सकिने व्यवस्था समेत  मिलाएको यस संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।

यसैगरी यस संस्थाले आफ्नो स्मार्ट एपमार्फत एनसेलको डाटा प्याक र भ्वाईस प्याक खरिद गर्न समेत सकिने छ |

संस्थाले आर्थिक वर्ष २०७६/०७७ लाई ‘प्रविधिको विकास वर्ष’को रुपमा अबलम्बन गरी अघि बढेको थियो । संस्थाले मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलाई विशेष प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा प्रविधिमैत्री सेवा थप वृद्धि गर्दै लैजाने प्रमुख पाठकले बताउनुभयो ।
हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।

नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् । थोरैमात्र सहकारीले संचालन गरेको ATM सेवा समेत यस संस्थाले शुरु गरिअसेको छ|

संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन्| शंखरापुर नगरपालिकाको साँखुमा केहि बर्ष अगाडिमात्र आफ्नो शाखा बिस्तार गरेको यस संस्था अबको केहि महिनाभित्र आफनै भवनमा सर्न लागेको साँखु शाखा प्रबन्धक घनश्याम नेपालले जानकारी दिनुभयो| यस संस्थाको सेवाबाट आफु सन्तुस्ट रहेको जहरसिंहपौवा स्थित राज स्टोरका संचालक  राजु अधिकारी बताउनुहुन्छ|

यो अध्यादेश तुरुन्त फिर्ता हुनुपर्छ, वरिष्ठ नेता नेपाल

अध्यादेश लोकतन्त्र र संसदको अपमान हो-प्रचण्ड