पौष ३ काठमाडौँ |

नेकपा काठमाडौँ  क्षेत्र नं २ को अगुवा कार्यकर्ता भेला आज कागेश्वोरी मनोहराको थलिमा  सम्पन्न भएको छ| नेकपा स्थाई कमिटि सदस्य तथा बागमती प्रदेश कमिटि इन्चार्ज अस्टलक्ष्मी शाक्य, नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल,नेकपाका केन्द्रीय सदस्य जिवनराम श्रेष्ठ, नेकपा काठमाडौँ जिल्ला कमिटिका सचिव हिमाल शर्मा, नेकपा काठमाडौँ सहइन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य कुमार पौडेल, तथा सुरेन्द्र मानन्धर, नेकपा काठमाडौँ जिल्ला कमिटि, कार्यालय सदस्य महेश्वोर फुयाल तथा इश्वर सापकोटा ‘ शैलेस’  तथा नेकपा काठमाडौँ जिल्ला कमिटि सदस्यहरुको उपस्थिति थियो|सो कार्यक्रममा नेकपा काठमाडौँ महानगर वडा नं ३२ तथा ९ नं कमिटिका पदाधिकारी तथा कागेश्वोरी मनोहरा तथा शंखरापुर नगरपालिकाका वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिको समेत उल्लेख रुपमा उपस्थिति थियो|

नेकपा काठमाडौँ २ का करिव ५०० जना अगुवा कार्यकर्ताको उपस्थिति सम्पन्न उक्त्त कार्यक्रमा नेकपा शंखरापुरका अध्यक्ष निरज के.सी तथा अधिकाश नगर कमिटि सदस्यहरुको समेत उपस्थिति थियो|नेकपा काठमाडौँ जिल्ला कमिटि सदस्य तथा कागेश्वोरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा तथा शंखरापुर नगरपालिकाका उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ समेत उक्त्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो|कागेश्वोरिका मेयर कृष्णहरि थापाले छोटो मन्तब्य राख्नुहुदै “पार्टीका केहि नेताहरु उपस्थित नहुदैमा बैठक रोक्नु नहुने भन्दै अब अगाडी बढ्नु पर्ने बताउनुभयो”|

 

नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलि एकपक्षीय ढंगले अगाडी बढेको र सोको प्रतिकारमा अब सबै नेता कार्यकर्ता  उत्रिनु पर्ने बताउनुभयो|त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थाई कमिटि सदस्य तथा बागमती प्रदेश कमिटि इन्चार्ज अस्टलक्ष्मी शाक्यले,पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई आफुले लामो समयदेखी संगत गरेको र उनि बिधि र पद्द्दतिमा कहिलै नचल्ने र जे मनमा आयो तेही बोल्दै हिडने मान्छे भएको समेत बताउनुभयो|आज पार्टीमा देखिएको अन्तरबिरोधको जड नै केपी ओली भएको समेत बताउनुभयो |

उक्त भेलाको सभापतित्व  नेकपा काठमाडौँ  क्षेत्र नं २ का इन्चार्ज बुद्दभत्त चित्रकारले गर्नुभएको थियो| उक्त कार्यक्रमको संचालन नेकपा काठमाडौँ क्षेत्र नं २ ‘ख’का इन्चार्ज प्रकाश गौतमले गर्नु भएको थियो| भने उक्त्त भेलाको संयोजन नेकपा काठमाडौँ जिल्ला कमिटीले गरेको थियो| 

शंखरापुर १ मा भीरबाट लडेर महिलाको मृत्यु

नेपाली काँग्रेस शंखरापुरको बिरोध कार्यक्रम सम्पन्न