जेठ २६ काठमाडौँ|

मनमोहन लोकमार्ग अन्तरगत (साँखु जहरसिंहपौवा मेलम्ची सडक)को  पहिलो चरणको  सडक कालोपत्रेको काम हिजोदेखि शुरु भएको छ |जहरसिंहपौवाबाट शुरु भएको सो सडक खण्डको ३.५ मिटर चौडा, १ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ| नेकपा एमालेका नेता,पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको बिशेष पहलमा बजेट बिनियोजित भै यो सडक कालोपत्रेको काम शुरु भएको हो | त्यसैगरी नवनियुक्त स्वास्थ्यमंत्री शेरबहादुर तामाङ्ग तथा शंखरापुरका मेयर सुबर्ण श्रेष्ठले समेत यो सडक निर्माणको लागी पहलकदमी लिनुभएको थियो |

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बैकल्पिक सहायक राजमार्ग  कार्यक्रम अन्तरगत  आर्थिक वर्ष २०७७/७८ मा करिव २० करोडको ठेक्का लागेको थियो|रौताहा बन्दना भगवती कमलजित जेभीले करिव १३ करोडमा यो सडक निर्माणको जिम्मा पाएको थियो| २०७८ असारमा ठेक्का सम्झौता गरेको यो कम्पनीले कोरोना महामारीमा समेत निर्माणको काम निरन्तर संचालन गरेको थियो |हालसम्म यो सडक निर्माणका लागि दुई  चरणमाकरिव ५२ करोड बजेट बिनियोजन गरिएको थियो|यो सडकका लागि आ.ब. २०७८/७९ का लागि १३ करोड बिनियोजन भैसकेको छ|आ. ब २०७७/७८ का लागि  यस सडकखण्डको करिव ४ किलोमिट कालोपत्रेको लागि ठेक्का आब्हान भएको थियो| शंखरापुर नगरपालिकाको जहरसिंहपौवा देखि मेलम्चीको फटकेश्वोर सम्मको करिव १३ किलोमिटर सडकको लागि करिव ७२ करोड बराबरको DPR गरिएको थियो|

हिजोदेखि शुरु भएको सडक कालोपत्रेको शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं १ का वडाअध्यक्ष श्याममणि ढुंगाना, वडा नं ३ का वडाअध्यक्ष सन्त बहादुर वाईवाको समेत उपस्थिति थियो| त्यसैगरी स्थानीय बासि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले समेत सो सडक निर्माण कार्यको अवलोकन तथा निरीक्षण गरेका थिए|

लामो समयसम्म यो सडक निर्माण हुन नसक्दा यहाँका स्थानीयबासीले धेरै दुख, कस्ट सहदै आएका थिए | यो सडक निर्माणको काम अगाडी बढेसंगै यहाँका स्थानीय एकदमै हर्सित भएका छन्| उनीहरुले यस क्षेत्रका संघिय सांसद पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई बिशेष धन्यवाद समेत ब्यक्त गरेका छन्|

शंखरापुर १, भारेगाउँमा आगलागी हुँदा गाई र बाख्रा मरे

शंखरापुर नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास