साउन १९, काठमाडौँ|
नेकपा माओबादी केन्द्र शंखरापुरले बाँदर तथा बँदेल नियन्त्रणका लागि स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय तथा शिवपुरी रास्ट्रीय निकुन्ज तथा अन्य सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान संचालन गरेको छ|तिन दिनदेखि संचालन गरिएको उक्त हस्ताक्षर अभियानमा ५०० जनाभन्दा बढीको हस्ताक्षर भैसकेको नेकपा माओबादी केन्द्र शंखरापुर १ का अध्यक्ष बाबुराम दंगालले बताउनुभयो|लामो समयदेखि बाँदरबाट बालीनाली जोगाउन नसकेका यहाँका स्थानीय कृषकहरुले बिगत केहि समयदेखि बँदेलको आक्रमणबाट दुख झेलिरहेका छन्| शंखरापुर नगरपालिकाका कृषि शाखाका अधिकृत अर्जुन चौलागाईका अनुसार नगरपालिकाले बाँदर तथा बँदेल धपाउने यन्त्र बाहेक अन्य केहि योजना नरहेको बताउनुहुन्छ|हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका बाबुराम दंगाल किसानको यो दुखमा साथ दिने कोहि पनि नभएकाले माओबादी केन्द्रले यो अभियान चलाएको बताउनुभयो|बंदेलले हाल खेतमा लगाएको धानबालि तथा बारीको मकैबारी सखाप पारेको बताउछन् |