साउन २१, काठमाडौँ|
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आज शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंहपौवामा नेपाल एकिकरणका प्रथम प्रधान सेनापति शिवराम सिंह बस्न्यातको पूर्णकदको शालिकको शिलान्यास गर्नुभएको छ|मलेसियाका लागि पुर्व नेपालि राजदुत डा. निरन्जनमान सिंह बस्न्यातको अध्यक्षतामा भएको उक्त्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा प्रमुख अतिथिको रुपमा आउनुभएको थियो|पर्यटकीय हिसाबले काठमाडौँ जिल्लाकै उदगमथलोको रुपमा रहेको जहरसिंहपौवामा नेपालि सेना,श्रीपाली बस्न्यात समाज नेपाल तथा शंखरापुर नगरपालिकाको सहयोगमा यसै नगरपालिका वडा नं ३ स्थित जहरसिंहपौवामा शिवराम सिंह बस्न्यातको पूर्ण कदको शालिक, सैनिक पार्क तथा रास्ट्रीय एकीकरण संग्रहालय बन्ने भएको छ |
उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठ, वडा नं ३ का अध्यक्ष सन्त बहादुर वाईबा तथा वडा सदस्य कर्म बल, सड कुमार खतिवडा तथा वडा नं १ का वडा सदस्य बिर बहादुर वाइबा तथा अन्य महानुभावहरुको समेत उपस्थिति थियो|सो अवसरमा प्रधानसेनापति थापाले प्रतिमा तथा पार्क निर्माणका लागि जग्गा उपलब्ध गराई यस कार्यमा सहयोग पुर्याउनुभएकोमा शंखरापुर नगरपालिका तथा वडा कार्यालय प्रति आभार ब्यक्त गर्नुभयो| सो कार्यक्रममा शंखरापुर नगर प्रमुख सुबर्ण श्रेष्ठले पर्यटकीय दृस्टीकोणले अथाह सम्भावना बोकेको जहरसिंहपौवाको बिकासमा यस अभियानले अझ मद्दत पुग्ने बताउनुभयो|त्यसैगरि शंखरापुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष सन्त बहादुर वाईबाले नेपालि सेना तथा श्रीपाली बस्न्यात समाजलाई यस महत्वपूर्ण कार्यको लागि धन्यबाद समेत ब्यक्त गर्नुभयो|