असोज १६ काठमाडौं।
नेपाली काङ्ग्रेसको आज सम्पन्न शंखरापुर नगर अधिबेशनमा दिलिप कुमार श्रेष्ठको प्यानल बिजयी भएको छ।आज सम्पन्न भएको नगर अधिबेशनमा सर्बसम्मत नभएपछी मतदान भएको थियो।सो निर्वाचनमा शंखरापुर नगर सभापतिमा सत्यमान लामा र दिलिप कुमार श्रेष्ठको प्यानलबिच प्रतिस्पर्धा भएको थियो। नगर सभापती सहित ५२ जना पदाधिकारिका लागि निर्बाचन भएको थियो। नगर सभापतिमा दिलिप कुमार श्रेष्ठले खसेको १५७ मतमध्ये ८६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी सत्यमान लामाले ६८ मत प्राप्त गरेका थिए।आज सम्पन्न नगर अधिवेशनको उदघाटन कार्यक्रम संबिधानसभा सदस्य दिपक प्रसाद कुइकेलको प्रमुख आतिथ्यतामा भएको थियो।सो कार्यक्रम साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न भएको थियो। २०७४ सालमा सम्पन्न गत स्थानिय तहको निर्बाचनमा नेपाली काङ्ग्रेस शंखरापुर नगरपालिका करिव ३००० मतसहित दोश्रो भएको थियो।
सभापतिमा दिलिप कुमार श्रेष्ठ सहित उपसभापतिमा मिलन खडका र अमित प्रधान तथा नगर सचिवमा रण बहादुर तामाङ र श्यम्भुलाल श्रेष्ठ ,सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछाने बिजय भएका छन। १५८ जना प्रतिनिधिमा १५७ जनाले मतदान गरेका थिए। नगर सभापतिमा बिजयी दिलिप कुमार श्रेष्ठ साँखु बजारका बासिन्दा हुन भने उनका निकटम प्रतिस्पर्धी सत्यमान लामा शंखरापुर ३ जहरसिंहपौवाका स्थाई बासिन्दा हुन। नगर सभापतिमा पराजित लामाले समुदायखबरसंग छोटो प्रतिक्रिया दिदै निर्बाचन लिकतन्त्रको सुन्दर पक्ष भएको र नतिजालाई आफुले सहज रुपमा लिएको र आगामी यो संगै आगामी दिनमा शंखरापुरमा नेपाली काङ्ग्रेस सशक्त रुपमा लाग्ने बताउनुभयो।