मंसिर ११काठमाडौं।नेकपा माओवादी केन्द्र शंखरापुरको दोश्रो नगर सम्मेलन काठमाडौंको शंखरापुर ३ स्थित जहरसिंहपौवाको सभाहलमा यहि मंसिर ११ गते सम्पन्न भएको छ।।सो कार्यक्रममा प्रमुख अतिथी भुमी ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्र शंखरापुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा करिव १ हजार भन्दा बढी नेता कार्यकर्ता उपस्थित भएको नेकपा माओवादी केन्द्रका काठमाडौं जिल्ला कमिटी सदस्य राजु दंगालले बताउनुभयो।

 

सो सम्मेलनले निरज केसि( मधु) अध्यक्षतामा ६५ सदस्यिय नगर कमिटी गठन गरेको छ। त्यसैगरी उपाध्यक्ष बिदुर प्रसाद दंगाल, रक्षे बहादुर तामाङ, मान बहादुर तामाङ, सचीवमा किशोर घ्लान, सहसचिवमा लक्ष्मी श्रेष्ठ तथा कोषाध्यक्षमा सरला खड्का हुनुहुन्छ।
त्यसैगरी उक्त सम्मेलनबाट शंखरापुर नगरपालिकाको ९ वटै वडाबाट ६५ सदस्य रहेको नगर कमिटी गठन गरिएको छ।२०७४मा सम्पन स्थानिय तहको निर्वाचनमा यस नगरपालिकामा माओवादीकेन्द्रले वडा नं ३ वडाअध्यक्ष जितेको थियो।

 

कार्यक्रममा आफ्नो भूमी ब्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफ्नो मन्त्रालयले जनताका पक्षमा गर्नुपर्ने काम धेरै भएकाले त्यसका लागी आफू लागिरहेको बताउनुभयो।माओवादीले यसअघिनै शंखरापुर नगरपालिकाका सबै वडाहरुमा वडा सम्मेलन गरि नेतृत्व टुङ्यासकेको छ।

काङ्ग्रेस काठमाडौं सभापतिमा सबुज बाँनियाको प्यानल बिजयी, मत परिणाम सहित

एकीकृत समाजवादी गोकर्णेश्वोर नगर अध्यक्षमा सापकोटा