मंसिर १७ काठमाडौं।
नेकपा एकीकृत समाजवादी गोकर्णेश्वर नगरकमिटीको भेला सम्पन भएको छ। गोकर्णेश्वोर नगरपालिकाको जोरपाटीमा भएको सो भेलालाई नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले सम्बोधन गर्नुभएको थियो।सो भेलाबाट केदारनाथ सापकोटाको अध्यक्षतामा ७९ सदस्य नगर कमिटी गठन भएको छ। सो कमिटीको उपाध्यक्षमा रामचन्द्र गौतम,सुमित्रा न्यौपाने , सचिवमा बिजयकुमार श्रेष्ठ,उपसचिवमा दिपेन तामाङ, केदारनाथ ढकाल तथा अनुप ढकाल चयन हुनुभएको छ।

 

सो कार्यक्रममा नेकपा एकीकृत समाजवादी स्थाई कमिटी सद्स्य बिश्वोनाथ प्याकुरेल,पोलिट्ब्युरो सदस्य गोपाल बराल समेत उपस्थित हुनुहुन्थ्यो।त्यसैगरी नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य उद्दब खडका , उपत्यका प्रदेश बिशेष कमिटी सदस्य मन्दिर तिमल्सिना तथा काठमाडौं जिल्ला कमिटी सचिव एल पि श्रेष्ठ र काठमाडौं जिल्ला कमिटी सदस्य गोकुल बराल उपस्थित हुनुहुन्थ्यो।

यी हुन माओवादी शंखरापुर हाँक्ने नगर पदाधिकारी

राप्रपामा राजेन्द्र लिङ्देनको अग्रता