मंसिर १८, काठमाडौं।
डिभिजन सडक काठमाडौंका प्रमुख नारायण निहुरे लगायतको टोलिले आज साँखु फटकेश्वोर सडक खण्डको निरिक्षण गर्नुभएको छ। हाल कालोपत्रे भइरहेको काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको वडा नं ३को जहरसिंहपौवादेखी वडा नं १ को पाङ्ग्रेबाससम्मको सडक निरीक्षण गर्नुभएको हो। सडक डिभिजन काठमाडौंका प्रमुख इन्जिनियर नारायण निहुरे,प्राबिधिक तुलाकान्त चौधरी,धनदेव जोशी,कमलजित निर्माण कम्पनिका निर्देशक भिम श्रेष्ठ,शमशेर शाक्य, हिरा चौलागाई तथा बासुदेब नेपाल सहभागी हुनुहुन्थ्यो।त्यसैगरी शंखरापुर नगरपालिका वडा नं ३ का कार्यबहाक वडा अध्यक्ष कर्म लामा,वडा सदस्य षड कुमार खतिवडासमेत उपस्थित हुनुहुन्थ्यो।
संघिय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत बैकल्पिक सहायक राजमार्ग कार्यक्रममा काठमाडौंदेखि मध्यपहाडी लोकमार्गमा जोडिने सबैभन्दा छोटो बाटोको रुपमा रहेको यो सडकको साँखुदेखिको कुल लम्बाई करिव २० किलोमिटर रहेको छ।पहिलो चरणमा यो सडक खण्डमा करिव ४ किलोमीटर सडक ठेक्का सम्झौता भई कमलजित निर्माण सेवाले निर्माणको जिम्मा पाएको हो।
२०७७ असारमा निर्माण सम्झौता गरेको यो कम्पनिले २०७८ पुस मसान्तसम्ममा सबै काम सम्पन्न गरि सडक हस्तान्तरण गर्ने निर्माण ब्यवसायी भिम श्रेष्ठ बताउनुहुन्छ।१३ किलोमिटर सडकका लागि करिव ७२ करोडको डिपिआर भएकोमा हालसम्म ५२ करोड बराबरको ठेक्का सम्झौता भई धमाधम काम भैरहेको छ।पहिलो चरणमा ४ किलोमिटर जहरसिंहपौवादेखि पाङ्ग्रेबास र दोश्रो चरणमा साँखु महादेबस्थानदेखी फेदी पुलसम्म तथा पाङ्र्बासदेखि करिव ६ किलोमिटर छापभन्ज्याङसम्म कालोपत्रे हुनेछ।
शंखरापुरको छापभन्ज्याङ देखि बाँकी ४ किलोमिटर सडक सिन्धुपाल्चोक जिल्लामा पर्ने हुँदा यो डिभिजन सडक काठमाडौंको क्षेत्राधिकार भित्र नपर्ने र यसको निर्माण डिभिजन सडक चरिकोट दोलखाले गर्नेछ।
सो सडक डिबिएम र असफाल्ट गरि करिव ७ मिटर चौडा हुनेछ। पहिलो चरणको ४ किलोमिटर सडक कालोपत्रेको काम करिव ९५ प्रतिशत सकिएको छ। बाँकी सडकमा ट्राफिक मार्किङ र अन्य काम पुस मसान्तभित्र सकिने शमशेर शाक्य बताउनुहुन्छ।
दुराअवस्थामा रहेको सडकको कारणले लामो समयदेखी दुख भोगेका यहाँका जनताले अब पक्की सडक बनेसङ्गै काठमाडौंबाट यहाँका जनताको दुरि घटेको काम सन्तोषजनक हिसावले भैरहेको स्थानिय राजु दंगाल बताउनुहुन्छ
यो सडक निर्माणका लागि यस क्षेत्रका संघिय सांसद तथा पुर्व प्रधानमन्त्री तथा यस क्षेत्रका संघिय सांसद माधव कुमार नेपालको बिशेष पहलकदमि तथा निर्देशनमा करिव ५२ करोड बजेट बिनियोजन भएको थियो।सो क्रममा डिभिजन सडक काठमाडौंका प्रमुख नारायण निहुरेले निर्माणको जिम्मा पाएको कमलजित निर्माण सेवाले समयमै काम सकेकोमा आभार ब्यक्त गर्दै बाँकी सडक खण्ड निर्माण गर्न आफुले सक्दो पहलकदमी लिने समेत बताउनुभयो।