फागुन २, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रको शंखरापुर नगरपालिकामा सडक निर्माणका लागि करिव २० करोड रुपैया बजेट बिनियोजन भएको छ। डिभिजन सडक कार्यालय ,काठमाडौँले फागुन २ गते उक्त सडकको ठेक्का निकालेको हो||नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयले “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कार्यक्रम”अन्तर्गत यस क्षेत्रका प्रतिनिधिसभा सदस्य माधव कुमार नेपालको बिशेष पहलकदमीमा यो बजेट बिनियोजन भएको हो| यो सडक शंखरापुर नगरपालिकाको साँखुदेखि वडा नं ४ को डांडाकटेरी तथा शंखरापुर नगरपालिकाकै  पटाप र सिन्धुपाल्चोकको सिमानासम्म बहुबर्षे योजना अन्तर्गत बजेट बिनियोजन भई यो सडक निर्माण सम्पन्न हुनेछ| पहिलो चरणमा करिव २० करोडबाट साँखुदेखी घुमारिचोकसम्म ५ किलोमिटर सडक निर्माण हुनेछ|

 

उक्त सडक १० मिटर चौडाहुने र सोमध्ये ७ मिटर कालोपत्रे गरिने डिभिजन सडक काठमाडौँका प्राबिधिक धनदेब जोशीले बताउनुभयो|उक्त सडकको १ किलोमिटर भन्दा बढी भूभागमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको सांसद बिकास कोष र नगरपालिका तथा अन्य श्रोतबाट बजेट बिनियोजन भई ढलान भैसकेको  छ|

यो सडक निर्माण भएसंगै अव यस भेगका जनताको बर्षौदेखिको पक्कि सडकमा यात्रा गर्ने सपना पुरा भएको र यसका लागि पुर्व प्रधानमन्त्री माधव कुमार नेपालाई बिशेष धन्यवाद दिन चाहेको नेकपा एकिकृत समाजवादी शंखरापुरका अध्यक्ष श्याम कुमार वाईवाले बताउनुभयो| काठमाडौँ क्षेत्र नं २ का सांसद तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको  बिशेष पहलककदमीमा साँखु फटकेश्वोर सडक खण्डमा करिव ६२ करोडको कालोपत्रेको काम धमाधम भैरहेको छ|

पुर्व प्रधानमत्री नेपाल यस क्षेत्रबाट निर्वाचित भएपश्चात बिकास निर्माणका अनेकौ कामहरु अघि बढिरहेको र यो क्रम अझ चल्ने र आफुहरुपनि निरन्तर लागिरहने नेकपा एकिकृत समाजवादी काठमाडौँ जिल्ला कमिटी सचिव एल पी श्रेष्ठ बताउनुहुन्छ|यो सड्क निर्माण गर्न शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ तथा नेपाली काङ्ग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरु निरन्तर रुपमा लागेका थिए।

शंखरापुर १ को भारेगाउँमा महायज्ञको आयोजना

एमालेबाट निर्वाचित हेलम्बुका वडा अध्यक्ष एकीकृत समाजवादीमा