चैत २३,काठमाडौं।

नेकपा एमाले शंखरापुर नगर सचिवालय सदस्य एवम् युवा नेता सुरेन्द्र दाहालले नेकपा एमाले परित्याग गर्नुभएको छ। आज एक बिज्ञप्ती निकाल्दै उहाँले आजबाट आफू नेकपा एमालेको कुनै पनि जिम्मेवारीमा नरहेको बताउनुभएको हो। भुलबस केही समयका लागि आफु क्षणिक आवेगमा आई प्रतिगमनकारी कित्तामा उभिन पुगेकोमा त्यसप्रती क्षमा माग्दै एमाले अध्यक्ष ओलिमा बढेको अहंकार र घमण्डका कारण नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षती पुगेकाले आफुले एमाले परित्याग गरेको बताउनुभएको छ। तत्कालिन नेकपाको नगर कमिटी सचिवालय सदस्य उहाँ शंखरापुरका युवाबिच लोकप्रीय मानिनुहुन्छ।

साथै दाहाल आजबाटै नेकपा माओबादी केन्द्रमा सक्रीय रहि पार्टिको जिम्मेवारीमा रहेर सक्रिय रहने नेकपा (माओवादी केन्द्र) शंखरापुर नगर कमिटी उपाध्यक्ष एवं प्रचारप्रसार विभाग प्रमुख रक्षे बहादुर तामाङ “युनिक”ले जानकारी दिनु भएकाे छ।

 

एमालेले बनायो कृष्णमुरारी चौलागाईंलाई मेलम्ची १ को वडाअध्यक्षको उम्मेदवार

महानगरीय प्रहरी प्रभाग साँखुमा जनक पुरी,जानुका खरेलको प्रहरी मुख्यालयमा सरुवा