चैत २५ काठमाडौँ|
भोलि चैत २६ गते नेकपा एकिकृत समाजवादी काठमाडौं जिल्ला कमिटीको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आमसभा हुने भएको छ|काठमाडौँको भृकुटीमण्डपमा बिहान ११:०० बजे हुने उक्त्त कार्यक्रममा काठमाडौँका १० पालिका र काठमाडौँ महानगरबाट हजारौको संख्यामा कार्यकर्ता सहभागी हुने नेकपा एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटी सचिव एल पी श्रेष्ठले बताउनुभयो| सो कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री माधव नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने बताईएको छ|
सो कार्यक्रमको नेकपा एकिकृतका बिभिन्न भातृ संगठनले आजदेखि नै तिब्र तयारी गरिरहेका छन् |