चैत ३० काठमाडौं।
काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकामा पछिल्लो समय नेकपा एमाले परित्याग गर्नेको संख्या बढेको छ।यसै क्रममा आज नेकपा एमाले शंखरापुर नगर सचिवालय सदस्य तथा युवा नेता अनिल कुँवरले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको छ।पेशाले कानुन ब्यवसायी कुँवर शंखरापुर नगरपालिका वडा नं ५ पालुवारी निवासी हुनुहुन्छ।
लामो समयदेखि नेकपा एमाले मार्फत कम्युनिस्ट आन्दोलनमा सक्रिय कुँवर नेकपा एमालेमा पछिल्लो समय देखापरेको ब्यक्तिवादी चरित्र र पार्टिमा हावी भएको चरम दक्षिणपन्थको बिरोध गर्दै बिद्रोह गर्नुभएको हो।
उहाँले आजैदेखी नेपालको कम्युनिस्ट आन्दोलनको एकमात्र निर्बिकल्प पार्टी नेकपा एकीकृत समाजवादी रहेको र देशभक्त सम्पुर्ण जनसमुदायलाई यो आन्दोलनमा सक्रीयताका साथ लाग्न आग्रह समेत गर्नुभयो।