बैशाख ६ काठमाडौं।
नेपाली काङ्ग्रेस पार्टिले काठमाडौं जिल्लाको शंखरापुरबाट आगामी बैशाख ३० गते हुन गैइरहेको स्थानिय तहको निर्वाचनका लागी ३ जनाको नाम सिफारिस गरी काठमाडौं जिल्ला समितिमा पठाएको छ।जसमध्ये मेयर पदमा शंकर तिवारी,दिलिप श्रेष्ठ र मन्जु खडका रहेका छन्।आज बिहान शंखरापुर नगरपालिकाको साँखुमा सम्पन्न नगर समितिको बैठकले सर्वसम्मतिमा मेयरमा ३ र उपमेयरमा तीन जनाको नाम सिफारिस गरि पठाएको हो।

शंकर तिवारी

२०७४ सालमा सम्पन्न  स्थानिय तहको निर्वाचनमा (२९४७)मत प्राप्त गरी उनी  शंखरापुर नगरप्रमुखमा उपबिजेता भएका थिए।शंखरापुर नगरपालिका वडा नं ३ का स्थाई बासिन्दा तिवारी हाल नेपाली काग्रेसको जिल्ला समितिमा समेत काम गरिसकेका  छन्। त्रीचन्द्र कलेज का ग्रामीण बिकास का प्राध्यापक समेत रहेका तिवारी त्रिभुवन बिश्वबिधालय, कीर्तिपुरबाट पर्यापर्यटनमा बिधावारीधी गर्दै रहेका उनी शंखरापुर काङ्ग्रेस राजनीतिमा लोकप्रिय तथा  प्रभावशाली  मानिन्छन।यसपटक शंखरापुरको मेयरको टिकट काङ्ग्रेसले पाए शंखरापुरमा तिवारीले चुनाव जित्ने नेपाली काङ्ग्रेसका एक प्रभावशाली नेता बताउँंछ्न।

दिलिप कुमार श्रेष्ठ

नेपाली काङ्ग्रेस शंखरापुर नगर समितिका सभापती श्रेष्ठ शंखरापुर ६ का स्थानिय बासिन्दा हुन।शंखरापुर नगरपालिकाको साँखु बजारमा २ वटा वडा ६ र ७ यी वडामा नेवार सुमुदायको  बाहुल्यता छ ।त्यसैले शंखरापुर नगरपालिकाको मेयर पदमा श्रेष्ठको ।२०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ६ वडा को अध्यक्ष प्रत्यासि हुन ६, ७ दुबै वडा राप्रपाले जितेका थिए।
 मन्जु खड्का

२०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा शंखरापुरको   उपमेयरका उम्मेदवार खड्का (३३००) मत प्राप्त गर्दै एमालेकी उम्मेद्वार शुक्रलक्ष्मी श्रेष्ठसंग पराजित भएकी थिईन। मन्जु खड्का शंखरापुर नगरपालिका वडा नं ९ कि स्थाई बासिन्दा हुन।

त्यसैगरी शंखरापुरमा नेपाली काङ्ग्रेसले उपमेयरमा  युवा नेता उदय थिङ र समिता श्रेष्ठ , माया बास्तोला सहित ३ जनाको नाम सिफारिस गरेको छ

समाजवादी प्रेस संगठनको उपत्यका स्तरीय चुनाव लक्षित प्रचार भेला सम्पन्न

दाङमा ‘खोज र खोप’ अभियान