साउन २६,काठमाडौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ।
पूर्व प्रधानमन्त्री नेपालले सो कुराको जानकारी सामाजिक संजालमार्फत दिनुभएको हो।उहाँले आज सामाजिक संजालमा लेख्नुभएको छ,”आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।”