भदौ ३ काठमाडौं।

नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीको आज सम्पन्न पूर्ण बैठकबाट नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा एल पि श्रेष्ठ चयन भएका छन्।आज काठमाडौंको नयाँबजारमा सम्पन्न बैठकबाट सचिवमा ध्रुबराज न्यौपाने चयन भएका छन्।नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुम कुमार कार्की नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य चयन भएकाले श्रेष्ठ लाई अध्यक्ष बनाईएको हो।यसअघि श्रेष्ठ काठमाडौं जिल्ला सचिव थिए।

शंखरापुर नगरपालिकाको  साँखु निवासी अध्यक्ष एल पि श्रेष्ठ गत बैशाख ३१ गते सम्पन्न स्थानियतहको निर्वाचनमा शंखरापुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए।उनी राप्रपाका मेयरका उम्मेदवार रमेश नापितसंग ४९८ मतले पराजित भएका थिए।
सचिवमा चयन भएका न्यौपाने बुढानिलकण्ठको कपन निवासी हुन।खेलकुदका क्षेत्रमामा लामो समयदेखि सक्रिय न्यौपाने यस क्षेत्रका लिकप्रीय मानिन्छन्।

यी हुन नेकपा एमालबाट काठमाडौं २ प्रदेश (ख) का दाबेदार।

काङ्ग्रेस नेता प्रदिप गिरिको निधन