भदौ ११ काठमाडौं।
नेकपा एकीकृत समाजवादीबाट काठमाडौं २ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नाम सिफारिस भएको छ।
हिजो कागेश्वोरी मनोहराको थलिमा समपन्न क्षेत्रीय कमिटीको बैठकबाट काठमाडौं क्षेत्र नं २ को प्रतिनिधि सभामा माधव कुमार नेपालको मात्र नाम सिफारिस भएको नेकपा एकीकृत समाजवादी काठमाडौं क्षत्र नं २ का क्षेत्रीय अध्यक्ष रुद्र चापागाईंले बताउनु भयो।
गत २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन क्षेत्रमा सबै सिटमा एमालेले जितेको थियो।हिजो सम्पन्न प्रतिनिधि सभाको उम्मेदवार टुङ्गिए पनि प्रदेश सभाका उम्मेदवारको टुङ्गो लागेको छैन।गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं २ मा नेकपा एकीकृत समाजवादीले काठमाडौं जिल्लाका अन्य क्षेत्र भन्दा धेरै मत प्राप्त गरेको थियो।