काठमाडौ १२ माघ।
शंखरापुर नगरपालिका वडा नं २ को पटापस्थित श्री शारदा माध्यामिक बिद्यालयको ६७ औं बार्षिक उत्सव आज सम्पन्न भएको छ।२०१२ सालमा स्थापना भएको यो बिधालय यस भेगकै अग्रणी मध्येमा पर्छ।
शुरुवाती कालमा शंखरापुर नगरपालिकाको साबिक लप्सेफेदी गा.बि.सको फेदिमा स्थापना भएको यो बिद्यालय विभिन्न ठाँउमा स्थानान्तरण हुँदै २०२७ सालमा पटापमा सारिएको बिद्यालयका पुर्व प्रधानाध्यापक मान बहादुर तामाङले बताउनुभयो।
तत्कालिन समयमा पटापका समाजसेवी द्वय बिष्णु प्रसाद दंगाल र ङेज्याङ लामाले यो बिधालय स्थापनाको पहलकदमी लिनुभएको थियो।
पुरानो भवनबाट पठपाठन संचालन गरिरहेको यस बिधालयले २०७४ सालमा एसियाली बिकास बैंकको आर्थिक सहयोगमा ६ करोड रुपैयाँमा नयाँ सुबिधासम्पन्न भवन बनेसंगै हाल उक्त भवनबाट नै बिधालयले पठनपाठन संचालन गरिरहेको छ।
बिद्यालयको बार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथिको रुपमा शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ हुनुहुन्थ्यो।त्यसैगरी सो कार्यक्रममा शंखरापुर नगरपालिकाको शिक्षा शखाका प्रतिनिधि प्रमिला फुयाल, छिमेकी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि,समेतको उपस्थिती थियो।
सो कार्यक्रममा बिधालयका पूर्व प्रधानाध्यापक तथा शिक्षक तथा विद्यालयमा बिभिन्न समयमा आयोजित अतिरिक्त क्रियाकलापमा बिजय बिद्यार्थीलाई सम्मान समेत गरिएको थियो।सो कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं १ का अध्यक्ष बेद नारायण दंगाल,२ का वडाअध्यक्ष रण बहादुर थिङ तथा पूर्व वडाअध्यक्ष जीवन लामाले संबोधन गर्नु भएको थियो।
हाल सो बिद्यालयमा पुस्तकालय, बिज्ञान प्रयोगशाला तथा कक्षा ८,९ र १०मा स्मार्ट प्रबिधिमार्फत पठनपाठन संचालन भैरहेको छ।