माघ १६, देउखुरी ।
पुर्व मन्त्री मेटमणि चौधरीले सहिदको बलिदानीले नै आजका उपलब्धि प्राप्त भएको धारणा राखेका छन् ।
गढवा बहुमुखी क्याम्पसको १४ औ भेला तथा ५ औ साधारणसभामा बोल्दै पुर्व सहरी विकास मन्त्री समेत रहेका चौधरीले भने, “आज जे जति उपलब्धि हामीले प्राप्त गरेका छौ , ती सहिदको रगतले , सहिदको बलिदानीले प्राप्त भएका हुन् । आज सहिद दिवस मनाउदै गर्दा हामीहरुले यो कुराको गहिराई बुझ्न अझ बढी जरुरी छ । सहिदको सपना निशुल्क शिक्षा , स्वास्थ र मुलुकको समृद्धि नै थियो भन्ने कुरा कदापि भुल्नु हुदैन । ”
देउखुरीको गुणस्तरीय शिक्षाका लागि आफु सधै लागिपरेको बताउदै चौधरीले गढवा क्याम्पस नमुना बनाउन सबै लाग्नुपर्ने बताए ।