फागुन १०, काठमाडौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ राजदूत चेन सोङ्गले बुधवार शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल निवास कोटेश्वर पुग्नुुभएका नवनियुक्त राजदूत सोङ्गलाई अध्यक्ष नेपालले स्वागत गर्दै कार्यकालको शुभकामना दिनुभएको छ । शिष्टाचार भेटमा नेपाल चीन सम्बन्ध र द्धिपक्षीय हितका बिषयमा कुराकानी भएको थियो ।