नेकपा एमालेको आज शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ र तनहुँ १ मा क्रमश रामप्रसाद न्यौपाने र सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका प्रचार बिभाग प्रमुख पृथ्बी सुब्बा गुरुङले बताउनुभयो।

बारा २ मा भने एमालेले उम्मेदवार टुंग्याएको छैन। त्यहाँ अर्को बैठक गरेर उम्मेदवार टुंग्याईने छ।अनेरास्ववियुका पूर्व बिधार्थी नेता रामप्रसाद न्यौपाने चितवनका लोकप्रिय नेता हुन्। त्यहाँ नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ तथा रास्वपाका सभापति रबि लामिछाने उठ्दैछन। एमालेका अर्का तनहुँका उम्मेदवार सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्व आइजीपी हुन्।यहाँ नेपाली काङ्ग्रेसका गोबिन्द भट्टराई र रास्वपामा भर्खरै नेपाली काङ्ग्रेस प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्दैछन्।

अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा नेपाली काङ्ग्रेस परित्याग

माओवादी केन्द्रको शंखरापुर अध्यक्षमा रक्षे तामाङ