चैत २३ काठमाडौं।

नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आज चैत २३ गते शंखरापुर नगरपालिका वडा नं ३को जहरसिंपौवामा विश्व शान्ती छोर्तेनको शिलान्यास गर्नुभएको छ। सो चैत्य निर्माणका लागी बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयवाट करिव २५ लाख रुपैया बजेट बिनियोजन गरेको हो।सो चैत्य निर्माणको काम आगामी २ बर्षमा सम्पन्न हुने निर्माण समितिका अध्यक्ष बासु वाईबाले बताउनुभयो।

 

यो चैत्य निर्माण यस क्षेत्रको पुरातात्त्विक महत्वका सम्पदा संरक्षण कार्यमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने शंखरापुर नगरपालिका वडा नं ३ का पूर्व वडा अध्यक्ष सन्त बहादुर वाईबाले जानकारी दिनुभयो।

सो कार्यक्रममा बौद्ध क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामा,शंखरापुर नगरपालिकाकि उपमेयर समिता श्रेष्ठको समेत उपस्थिती थियो।त्यसैगरी शंखरापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा अन्य निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो।

 

सो अवसरमा पर्यटन मन्त्री किँरातीले आफू जनताको काम गर्नका लागि मन्त्री बनेको र जनतालाई डेलिभरी दिने कुरामा आफू नझुक्के समेत बताउनुभयो।त्यसैगरी आफू मन्त्री भएपछी मन्त्रालयमा खादा र मालाको साट्टोमा दान पेटिका राखेको र सो को केही समयमै ४ लाख भन्दा बढि रकम जम्मा भएको समेत बताउनुभयो।त्यस अवसरमा मन्त्री किँरातिले आफू सधैं भरी रैथाने र मौलिक संस्कृति संरक्षणमा आफ्नो जोड रहेको समेत बताउनुभयो।

सो अवसरमा शंखरापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले चैत्य निर्माण सङ्गै जहरसिंपौवाको पर्यटन बिकासमा टेवा पुग्ने बताउनुभयो।

सांसद पाण्डेद्धारा रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्रीलाई हस्तान्तरण

एकीकृत समाजवादी काठमाडौंको पूर्ण बैठक सम्पन्न