साउन १३, काठमाडौं
नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक सोमबार भोलि दिनको १:०० बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ।
गत महिना सम्पन्न महाधिवेशनले केन्द्रिय कमिटी र पदाधिकारी टुङ्याउन नसकेकाले यो बैठक बोलाईएको एकीकृत समाजवादीकी नेतृ दिलु पन्तले बताउनुभयो।भोलि हुने बैठकले ३२९ जनाको केन्द्रिय कमिटी र २१ पदाधिकारीको टुङो लगाउने छ।एकीकृत समजावादीको अध्यक्षमा माधव कुमार नेपाल,सम्मानित नेतामा झलनाथ खनालसहित महासचिवमा घनश्याम भुषालको नेतृत्व महाधिवेशनमै टुङ्गिएसकेको छ।