साउन ११,काठमाडौँ ।
शंखरापुर नगरपालिका वडा नं ९ स्थित कागेश्वरी चक्रपथको इन्द्रायणि सडक खण्डमको पासिखेलमा पहिरोले सडक
अबरुद्ध भएको छ।गत साउन ११ गतेको अबिरल अबिरल वर्षापछि गएको पहिरोले सडक ५० मिटर तल भासिएर उक्त सडक खण्ड अबरुद्ध भएको हो।सो सडक खण्ड अबरोध भएसंङ्गै बिगत ११ दिनदेखी सवारीसाधन आवतजावत बन्द भएको छ।
सो सडक खण्डबाट शंखरापुर नगरपालिकाको सानागाँउ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रसिद्ध धार्मिक स्थल कागेश्वोरी धाम, गागलफेदी र सातघट्टे जान सकिन्छ।उक्त सडक खण्डको आज बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री अमन मास्के,संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी ,आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, काठमाण्डौ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम,संविधान सभा सदस्य रामेश्वर फुयाल र दिपक कुइँकेल बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री राजु बिस्ट ,शंखरापुर नगरपालिकाका प्रमुख, उपप्रमुख,कागेश्वोरी मनोहरा नगर प्रमख,उपप्रमुख, वडाका निर्वाचित वडा अध्यक्ष एवम् विभिन्न राजनितिक दलका प्रतिनिधि एवम स्थानियबासिको बाक्लो उपस्थिती थियो।
सो कार्यक्रमको संयोजन शंखरापुर नगरका प्रथम मेयर सुबर्ण श्रेष्ठले गर्नुभएको थियो।सो अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री अमन मास्केले अवरुद्ध सडक खण्डको मर्मत गरी यातायात संचालन गर्न बागमती प्रदेश सरकारले तत्कालै आवश्यक पहल कदमी लिने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो।