शंखरापुर नगरपालिकाको साँखुस्थित भगवती माध्यामिक बिधालयले बस सेवा संचालनमा ल्याएको छ

काठमाडौं, साउन २३।

शंखरापुर नगरपालिकाको साँखुस्थित भगवती माध्यामिक बिधालयले बस सेवा संचालनमा ल्याएको छ।बागमती प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले आर्थिक बर्ष २०८०/८१ का लागि उपलब्ध गराएको २५ लाख अनुदान रकमबाट उक्त बस खरिद गरिएको हो। सो बस सेवाको आज शंखरापुर नगर प्रमुख रमेश नापित,बिद्यालयका प्रधानाध्यापक  अनुप श्रेष्ठ तथा व्यवस्थापन समितिका अध्यक्ष श्याम वाईबा र सदस्य ओम बहादुर कार्कीले लगायत पदाधिकारीले उद्घाटन गरेका हुन।

शंखरापुर नगरपालिकामा सामुदायिक बिद्यालयमध्ये शैक्षिक गुणस्तर र प्राप्त नतिजाका हिसाबले उत्कृष्ट रहेको यो बिधालयमा शंखरापुरको पटाप,नाङ्लेभारे तथा घुमारचोक क्षेत्रका बिद्यार्थी अध्ययनरत छन्।

आजदेखी संचालनमा आएको बसले हाललाई शंखरापुर १को पाङ्ग्रेबास सम्म सेवा दिएको र अभिभावकसंगको छलफल र समन्वय पछि अन्य थप ठाउमा समेत सेवा बिस्तार गर्ने लक्ष्य राखिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम वाईबाले बताउनुभयो। कक्षा १ देखि १२ सम्म करिव ७५०  बिद्यार्थी अध्ययनरत यस बिद्यालयमा मानवीकी,शिक्षा,व्यवस्थापन तथा कानुन संकायमा पढाई हुने गरेको छ।

जनाताका निराशा चिर्न कांग्रेस र एमाले मिलेर सरकार बनाएका हौँ :उपप्रधानमन्त्री सिंह

बिधुत प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरीम आदेश