नेपाल विधुत प्राधिकरण संचालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न

 

साउन २४ काठमाडौ ।

उर्जामत्री दिपक खड्काले हटाएका नेपाल विधुत प्राधिकरण संचालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले  अनतरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधिस सुनिल कुमार पोखरेलको एकल इजलासले  आज सो निर्णय गरेको हो।उर्जामन्त्री पाण्डेले गत साउन १८ गते पुन र आचार्यलाई पदबाट हटाई महेन्द्र बहादुर गुरुङ र देबेन्द्र कार्कीलाई संचालक समितिको सदस्य  नियुक्त गरेको थियो।

सरकारले प्राधिकरणबाट हटाएपछि सदस्यद्वय आचार्य र पुन पुनर्बहालिको माग गर्दै सर्वोच्च पुगेका थिए।

 

साँखुस्थित भगवती माविले संचालनमा ल्यायो स्कुल बस

माओवादी अध्यक्ष प्रचण्ड र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट