एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तिज पर्वले विभिन्न समुदायलाई जोडने काम गरेको बताउनुभयो।

भदौ ८ गते,काठमाडौं।एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनको आयोजनामा तिज पर्वको सुभकामना कार्यक्रम सम्पन्न भएको छ।

एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रम चाबेलस्थित चेली क्याफेमा सम्पन्न भएको थियो।

समाजवादी प्रेस संगठनका अध्यक्ष बिश्वमणि सुबेदीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य प्रतिज्ञा मगरले संचालन भएको थियो।

सो अवसरमा आफ्नो भनाई राख्नुहुदै प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले चाडपर्वलाई कम खर्चिलो र तडकभडक पूर्ण तरिकाले मनाउन नहुने बताउनुभयो।बिशेषगरि तिज पर्व महिला दिदिबहिनीहरुले मनाउने चाडपर्व भएकाले महिलाहरु सबै परिवर्तनका संबाहक भएकाले उहाँहरुको भावनाको कदर गर्नुपर्ने बताउनुभयो।

सो कार्यक्रमा प्रेस चौतारी लगायतका अन्य संगठनका पत्रकारहरुको उल्लेख्य संख्यामा उपस्थिति थियो।

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा समाजवादी इन्जिनियर समूहको उम्मेद्वारी घोषणा  

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री रक्षा खडसे काठमाडौँमा