मिलन उपाध्याय
काठमाण्डौ  । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल( टान) को निर्वाचन तथा ४६ औं वार्षिक  साधारण सभाको तयारी सुरु भएको छ । आगामी भदौ १७ गते हुने टानको अधिवेशन दुई वर्षको कार्यकालको रहने छ  ।

नयाँ कार्यसमिति चयन प्रकृयाको लागि टानको आसन्न निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटा समुहकाबाट प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्सालले उमेद्वारी दिने तयारी गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी यात्रा भनेको श्रमिक र व्यवसायी दुवैका समस्या पहिचान गरी समाधानको बाटो खोज्नु रहेको लम्साल बताउँछन् ।
टान मार्फत व्यवसायीको हक हित र संरक्षण रोजगारीको सृजना गर्नुपर्ने आवश्यक  भएको भन्दै व्यवसाय बचेमा मात्र पेशा सुरक्षित हुने उनको धारणा छ ।  उनी भन्छन् – ‘आफू संलग्न समुह मार्फत अब आफूहरूले स्मार्ट टानको लक्ष्य अवलम्बन गर्ने गरी कार्ययोजना अघि सारेका छौं ।’
उनका अनुसार टुर एण्ड ट्राभल्स  व्यवसाय यतिबेला सङ्कटउन्मुख अवस्थामै छ  । देशका महत्वपूर्ण पदमार्गलाई विकासका नाममा मास्ने काम भइरहेको छ । राज्य स्वयंले मानव अधिकार मैतृ विकास पद्धतिलाई अवलम्बन गर्न नसक्दा आगामी दिनमा भोग्नुपर्ने समस्याका बारेमा सचेत गराउने देखि विश्वकै उत्कष्ट पदमार्गलाई विभिन्न बाहनामा महत्व घटाउने काम भइरहेको छ ।
यसबारे सचेत गराउने , बहस र पैरबी मार्फत सचेतना जागृत गर्ने दायित्व पनि आफूहरूसँग रहेको भन्दै आफूहरूको नेतृत्वले  यी र यस्ता समस्याले यस व्यवसायमा जोडिएका करिब ६ लाखभन्दा बढी श्रमिक र ३ हजारको हाराहारीमा रहेका व्यवसायीसँगै मुलुकको पर्यटन क्षेत्रको भविष्यको समेत खोजि र संरक्षण बचाउ गर्नु पर्ने अवस्था रहेको उनको बुझाई छ ।  यदि समयमै यी समस्याको बेलैमा समाधान नगर्ने हो भने आगामी दिनमा ठूलो समस्या आउने उनको आंकलन छ ।
‘पदमार्ग बिना हाम्रो व्यवसाय नै रहन्न, त्यसतर्फ सरकारलाई नीतिगत तहबाटै जिम्मेवार बनाएर समस्या समाधान गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो’ , उनले भने । उनका शब्दमा नेपालको ७० प्रतिशत पर्यटन क्षेत्र पदमार्गमा निर्भर छ । यससँगै जोडिएका श्रमिक र व्यवसायीसँगै स्थानीयको आय पनि आउँछ । तर विकास निर्माणको अव्यवस्थित योजना बनाउँदा दूरगामीरुपमा पदमार्गमा ठूलो असर पुग्ने निश्चित छ । त्यसैले सरोकारवालालाई झक्झकाएर भए पनि समस्या समाधानका लागि आफ्नो भूमिका रहने उनले बताए ।
हामीले त पदयात्राबारे सबैलाई जानकारी नै गराउन सकेका छैनौँ, त्यसैले मेरो प्राथमिकतामा शिक्षामन्त्रालय र विश्वविद्यालयसँगको सहकार्यमा विद्यालय तहबाटै यसबारे चेतना जगाउनु आवश्यक भइसकेको उनले भने ।

२० बुँदे प्रतिवद्धता सहित सापकोटा प्यानल होमियो निर्वाचनमाअध्यक्षको उम्मेदवारका प्रत्यासी राजेन्द्रप्रसाद  सापकोटा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका तर्फबाट नेतृत्व गर्दै संयुक्त प्यानल तयार पारेर चुनावमा होमिएका छन् ।
उनको समुहको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा उम्मेदवार बनेका छन् ।
यस्तै महासचिवमा राजेन्द्र प्रसाद सुवेदी, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सह( कोषाध्यक्षमा ल्हाक्पा तेम्बा शेर्पा उम्मेदवार बनेका छन् ।
कार्यसमिति सदस्य पदमा अन्य ९ जनामा पवित्रा तामाङ, दावा ग्लाल्जेन लामा, सुमन अर्याल,सागर राई, राजु गुरुङ, दिनेशप्रसाद तिम्सिना, विश्व दाहाल (बी) ,भुवनबहादुर खड्का र छाप्त्ते लामा रहेका छन् ।
उक्त समुहले चुनावी मैदानमा होमिएको सन्दर्भमा केही। प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनीहरुको समुहले पहिलो प्राथमिकतामा व्यवसायी र श्रमिकको हितलाई राखेका छन् ।
टानको प्रमुख जिम्मेवारी व्यवसायीको हितमा काम गर्नु हो । कोभिडपछि धेरै व्यवसायी धराशायी भएको अवस्था छ । केही पलायन भइसके भने केहीको अवस्था अहिले पनि नाजुक छ ।
व्यवसायीले करका नाममा पाइरहेको दुःखलाई पनि अन्त्य गर्नुपर्ने छ ।  व्यवसायीहरुले राजस्व तिरिरहेका छौँ, त्यसबाहेक भ्याट पनि तिरिरहेको अवस्था छ । तर हामीले भ्याट फिर्ता पाउन सकेका छैनौँ, हामीले खर्च देखाउन पाएका छैनौँ, यसले व्यवसायीलाई समस्यामा पारेको छ यी र यस्ता समस्या समाधानमा काम गर्ने साझा प्रतिवध्दता जाहेर गरीएको छ ।
हाल कतिपय प्रतिबन्धित क्षेत्रमा एक जना मात्रै पर्यटक जान नपाउने व्यवस्था अन्त्य गर्दै अनिवार्य श्रमिकको व्यवस्थाका लागि नीतिगत तहमै पहल गर्ने योजना अघि सारिएको छ ।
उनीहरुका प्रतिध्दतामा योजनामा मुलुकमा प्रत्येक वर्ष एड्भेञ्चर ट्राभल मार्ट सञ्चालन गरी साहसिक पर्यटक बढाउनु पनि रहेको उल्लेख गरेका छन्  । यसमार्फत मुलुकको पर्यटन प्रबद्र्धन गर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त भ्लगर र युट्युवरमार्फत पर्यटन प्रबद्र्धन गर्ने उनीहरुको योजना छ ।
आफूहरूको प्रतिवध्दतामा नीति निर्माण प्राथमिकतामा दिने विषयलाई प्राथमिकतामा राखेको छ चार दशकभन्दा पुरानो पर्यटन ऐनलाई समय सापेक्ष संशोधन गरी पर्यटन क्षेत्रको दीर्घकालीन हित हुने गरी पारित गर्नका लागि पहल गर्ने योजनामा छ । यसैगरी संस्थालाई सूचना प्रविधिमा अब्बल बनाइ सहज सूचनाको पहुँच स्थापित गर्ने योजना छ ।  साथै टानलाई प्राविधिक र व्यवहारिक रुपमा स्मार्ट बनाउने योजना अनुरुप पारदर्शिता र सुशासन पनि आफूहरूको प्रमुख उद्देश्य रहेको उल्लेख छ ।

 

 

 

 

 

आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार

Related Posts