काठमाडौं । नेकपा एमालेकी सांसद रेखा शर्माले एकजना नाबालीकलाई बिगत ८ बर्षदेखी बन्दी बनाई , घरेलु कामदारको नाममा हिंसा गर्दै आईरहेको र महानगरले कार्वाही अगाडि बढाउन भनेपनि ओली सरकारले आफ्नो पार्टीकी सांसदलाई नसमाएको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाउने कि नसमाउने भनेर प्रश्न गरेका छन् ।
बालेनले सामाजिक संजालमा स्टाटस लेख्दै प्रधानमन्त्रीले सुशासनको कुरा गर्ने तर आफ्नो सांसदले अपराध गरेपनि जोगाउन तिर लागेको भन्दै सुशासन भनेको अदालतले समेत पक्रन दिएको आदेशलाई पालना गर्नु हो नकी बालिकाको मृत्युमा समवेदनाको नाममा गोहिको आँसु झार्दै १ लाख रुपैंया राहत दिनु हो भनेर समेत लेखेका छन् ।

यस्तो छ बालेन साहको पूरा स्टाटस् :‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ??  कि नसमाउने ??’

नेकपा एस अध्यक्ष नेपाल रुस जाँदै

एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

Related Posts