काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा असोजभित्र सञ्चालन गर्ने जनाएको छ ।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए ।
विश्वविद्यालयले दुईवटा विधिबाट परीक्षा सञ्चालन गर्ने स्पष्ट पारेको छ । परीक्षणलाई र केही परीक्षा विद्यार्थी केन्द्रमै उपस्थिति भएर दिनुपर्नेछ ।
स्थगित सम्पूर्ण परीक्षा साउनभित्रै सञ्चालन गरिए तापनि अन्य तयारीमा रहेका परीक्षाहरु दशैपछि सञ्चालन गरिने उनले बताए।
विश्वविद्यालयले औपचारिक परीक्षातालिका साउन ७ गते भित्र दिने जनाएको छ ।