जेठ १३, काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आज काठमाडौंको शंखरापुर नगरपालिकामा नेकपा माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको १९ औं साधारणसभाको तथा २१ औं कृष्ण शेन (इच्छूक) को स्मृति दिवश कार्यक्रमको उद्घाटन गर्नुभएको छ। शंखरापुर नगरपालिकाको साँखुस्थित सक्व रिसोर्टमा आज देखि शुरु भएको उक्त कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बताएका छन्।

देशभरबाट करिव ७०० पत्रकार सहभागी रहेको उक्त कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्मा,पूर्व सभामुख तथा माओवादी नेता कृष्ण बहादुर महराले समेत संबोधन गर्नुभएको थियो।उक्त कार्यक्रममा माओवादीका स्थानिय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती थियो।उक्त साधारण सभाबाट भोलि प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व चयन हुने बताईएको छ।हाल उक्त संस्थाको नेतृत्व बिष्णु सापकोटा (जुगल) छन् ।

विद्यार्थीलाई ४५ प्रतिशत यातायातमा छुट कार्यान्वयन गराउन अनेरास्ववियूले बुझायो मन्त्रीलाई ज्ञापन पत्र

माधव नेपालद्वारा शंखरापुरमा मस्कुलर डिस्ट्रोफीको भवन उद्घघाटन