असोज १०, काठमाडौं।

अनेरास्ववियू काठमाण्डौ जिल्ला कमिटिको आयोजनामा आज नेकपा केन्द्रीय कार्यलय धुमबाराहीमा, रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। नेकपा केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला कमिटी सचिव हिमाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त्त कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रंजित तामाङलाई बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।

अनेरास्ववियू काठमाडौ जिल्ला कमिटी संयोजक कृष्ण थापा मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा करिव ६० जनाले रक्तदान गरेका थिए। कोभिड १९ तथा कोरोना भाईरसका कारण पछिल्लो पटक देशैभर रगतको अभाव भैरहेको छ। अनेरास्ववियु जनजिबिकाको सवालमा सधै लागिरहने भएकाले यो तेसैको निरन्तरता भएको अनेरास्वबियू काठमाडौं जिल्ला सहसंयोजक राजकुमार लामिछानेले बताउनु भयो।
सो कार्यक्रममा अनेरास्वबियूका केन्द्रीय सदस्यहरु सुरेन्द्र बस्नेत, सुदेश पराजुली, आरती लामा, ईन्द्र भुसाल, समिर पाण्डे लगाएतको उपस्थिती थियो।

शंखरापुर १, छापभन्ज्याङका करीव ५० घर पहिरोको उच्च जोखिममा

साँखु चौकीबाट बिदा भए प्रहरी निरीक्षक पन्थी