साउन १८ काठमाडौं ।
तत्कालिन लप्सेफेदी गाबिसका पुर्व जनप्रतिनिधि शिक्षासेवी तथा समाजसेवी कृष्णभक्त श्रेष्ठको ६८ औं स्मृती दिवस आज एक कार्यक्रमका बिच शंखरापुरको जहरसिंपौवामा मनाईएको छ।आज उहाँको शालिकमा माल्यार्पण गरी सो कार्यक्रम मनाईएको हो।
स्व.कृष्णभक्त श्रेष्ठ तत्कालिन लप्सेफेदी गाउँ पन्चायतको अध्यक्ष तथा कालिका शरण माबिको प्रधानाध्यापक समेत हुनुहुन्थ्यो।सो कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष सन्त बहादुर वाईबा,वडा सदस्य कर्म बल, बिधालयका पुर्व प्रधानाध्यापक प्रमोद प्रधान, शिक्षक राजकुमार के.सि,माओबादी केन्द्र शंखरापुर नगर अध्यक्ष मधु केसि,सचिव किशोर घ्लान,नेकपा एकीकृत समजवादी शंखरापुर ३ का अध्यक्ष मदन कुमार वाईबा तथा अन्य स्थानियबासिको उपस्थिती थियो।
सो कार्यक्रममा मन्तब्य राख्नुहुदै पुर्व जनप्रतिनिधि तथा कम्युनिस्ट नेता सन्त बहादुर वाईबाले स्व.कृष्णभक्त श्रेष्ठ एक असल र ईमान्दार राजनितिक कार्यकर्ता,निस्वार्थि कम्युनिस्ट नेता तथा समाजसेवी भएकाले हामी सबैले उहाँले देखाएको बाटोमा हिँडेमामात्र यो समाजको परिवर्तन गर्न सकिने बताउनुभयो।
उहाँको युवा उमेरमै सवारी दुर्घटनमा परी निधन भएको थियो।





