काभ्रेपलान्चोक २६ कात्तिक :काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको आईतबार एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा चण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र उपमेयर विष्णुमणि नेपाल पनि सहभागी थिए ।

स्वास्थ्य चौकी भवन प्रांगणमा आयोजना गरिएको समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने बताउनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय पनि अहिले बजेट कटौतीको मारबाट गुज्रिरहेकाले भने जतिको उपकरण र जनशक्ति व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको भए पनि भएको सिमित साधन श्रोतबाट अत्यावश्यक उपकरण उपलब्ध गराइने बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा विपन्न र गरिव विरामीको उपचार सेवाका क्षेत्रमा धेरै काम गरेको दावी गर्दै प्रत्येक अस्पतालमा १० प्रतिसत शैया विपन्नका लागि निशुल्क गर्ने व्यवस्था कडाइका साथ लागु गराएको र संघीय अस्पतालका साडे ३ हजार जनरल बेड विपन्नका लागि निशुल्क गराएको मन्त्री बस्नेतले जानकारी दिए ।

आउदो ६ महिना भित्र स्वास्थ्यमा देखिने गरि स्वास्थ्य सुधारका क्षेत्रमा काम गर्ने बाचा मन्त्री बस्नेतले गरे । कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गर्ने उपमेयर विष्णुमणी नेपाल, पिताम्बर नेपाल लगायतका दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा देउसी भैली समेत खेलिएको थियो ।

ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित