जेठ ३० काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले शंखरापुर नगरपलिका वडा नं ९ को खुलालटारमा अवस्थित मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ।

हिजो २०८० जेठ २९ गते सोमाबार एक कार्यक्रमा बिच उक्त भवनको पूर्व प्रधानमन्त्री नेपाल र जापानी राजदुतावसका प्रतिनिधि थामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।करिव २ करोड लगानीमा ६ रोपनी जग्गामा बनेको उक्त नवनिर्मित भवनबाट मस्कुलर डिस्ट्रोफीका बिरामीलाई निशुल्क फिजियोथेरापी तथा परामर्श सेवा प्रदान गरिने सो सस्थाका संचालक समाजसेवी अनिल कुमार उपाध्यायले बताउनुभयो।

मस्कुलर डिस्ट्रोफी मानव शरिरमा रहेका जिनबाट मांशपेसिमा बिकृत रुप ल्याउने एक बंशाणुगत प्राणघातक रोग हो।यो रोग लागेपछी मानव शरिरका विभिन्न अंगहरुले क्रमश काम गर्न छोडछन र मानिस पूर्ण रुपमा अशक्त हुन्छ।

सो भवन निर्माणका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उहाँ प्रधानमन्त्री रहँदा २०६५ सालमा भवन निर्माणका लागि ६ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो।कार्यक्रमको उद्घाटन गर्नुहुदै पूर्व प्रधानमन्त्री नेपालले मस्कुलर डिस्ट्रोफी फाउन्डेसनले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

साथै सो अवसरमा उहाँले संस्था संचालन गर्नका लागि १ लाख नगद समेत प्रदान गर्नुभयो।सो अवसरमा उपस्थित महानुभावहरुले बृक्षारोपण समेत गर्नुभएको थियो।सो अवसरमा जापानी राजदुतावासका प्रतिनिधि थाकुरा ताकाहिरोले जापान सरकारले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग आगामी दिनहरुमा अझ बढदै जाने र यसका कारण जापानी र नेपाली जनताको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास समेत लिनुभयो।

सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राजु बिस्ट तथा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न राजनितीक दलका कार्यकर्ताको समेत उपस्थिती थियो।

प्रधानमन्त्रीद्वारा प्रेस सेन्टर नेपालको १९ औं साधारणसभाको साँखुमा उद्घाटन

भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता गर्दैनौं : प्रधानमन्त्री