काठमाडौं । विश्वमा एकैदिन बिहिवार अहिलेसम्मकै सबैभन्दा बढी २ लाख ४७ हजार ५८ जना कोरोना भाइरस संक्रमित बढेका हुन् ।

विश्वभर कोरोना संक्रमित १ करोड ३९ लाख ३५ हजार ९४३ पुगेका छन् । मृतक ५ लाख ९१ हजार ९३५ पुगेका छन् । बिहीबार मात्रै मृतक ५ हजार ७१४ थपिएका छन् ।

वल्डोमिटर्सका अनुसार अमेरिकामा एकैदिन ७२ हजार ६२ संक्रमित थपिएका छन् । त्यसैगरी मृतक ९४० थपिएका छन् । अमेरिकामा ३६ लाख ९३ हजार ६९९ जना संक्रमित पुगेका छन् । मृतक १ लाख ४१ हजार ९५ पुगेका छन् ।

दोस्रो नम्बरको ब्रजिलमा ४३ हजार ८२९ जना संक्रमित थपिएका छन् । मृतक १ हजार २९९ थपिएका छन् । ब्रजिलमा संक्रमित २० लाख १४ हजार ७३८ पुगेका छन् । मृतक ७६ हजार ८२२ पुगेका छन् ।

भारतमा ३५ हजार ४६८ संक्रमित थपिएका छन् । मृतक ६८० थपिएका छन् । भारतमा संक्रमित १० लाख ५ हजार ६३७ पुगेका छन् । मृतक २५ हजार ६०९ पुगेका छन् ।

चौथो नम्बरको रुसमा ६ हजार ४२८ जना संक्रमित थपिएर ७ लाख ५२ हजार ७९७ पुगेका छन् । मृतक १६७ थपिएर ११ हजार ९३७ पुगेका छन् ।

पाँचौं नम्बरको पेरुमा ३ हजार ८६२ संक्रमित थपिएर ३ लाख ४१ हजार ५८६ पुगेका छन् । मृतक १९८ थपिएर १२ हजार ६१५ पुगेका छन् ।

दक्षिण अफ्रिकामा एकाएक पछिल्लो समय संक्रमित निकै बढिरहेका छन् । बिहीबार १३ हजार १७२ थपिएर ३ लाख २४ हजार २२१ पुगेका छन् । मृतक २१६ थपिएर ४ हजार ६६९ पुगेका छन् ।

सातौं स्थानको चिलीमा २ हजार ४९३ संक्रमित थपिँदा मृतक १०४ थपिएका छन् ।

आठौं स्थानको मेक्सिकोमा ६ हजार १४९ जना संक्रमित थपिँदा मृतक ५७९ थपिएका छन् ।

नवौं स्थानको स्पेनमा १ हजार ३६१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ कोरोना नियन्त्रणमा आएको दावी गरिए पनि पछिल्लो समय फेरि कोरोना देखिन थालेको हो ।

दशौं स्थानको बेलायतमा ६४१ जना नयाँ संक्रमित थपिएका छन् । मृतक ६६ थपिएका छन् । अहिलेसम्म संक्रमित २ लाख ९२ हजार ५५२ पुगेका छन् । मृतक ४५ हजार ११९ पुगेका छन् ।

१४ औं स्थानको साउदी अरेबियामा २ हजार ७६४ संक्रमित थपिएका छन् । मृतक ४५ थपिएका छन् ।

१७ औं स्थानको बांगालादेशमा २ हजार ७३३ संक्रमित थपिएका छन् ।

१९ औं स्थानको कोलम्बियामा बिहीबार ८ हजार ३७ जना नयाँ संक्रमित थपिएका छन् । मृतक २१५ थपिएका छन् ।

२० औं स्थानको अर्जेन्टिनामा ३ हजार ६३७ जना संक्रमित थपिएका छन् । मृतक ६२ थपिएका छन् ।

भारतमा एकै दिन सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित

स्पेनिश ला लिगा फुटबलको उपाधि रियाल मड्रिडले लियो