काठमाडौ ,६ भदौ।

कागेश्वरी मनोहरा नगरपालिकामा २०७७ बैशाख १ गते देखी २०७७ भदौ५ गते सम्म (पाँच महिनाको अवधिमा) ९ वटा वडामा गरिएको पिसिआर  जाँचको क्रममा हालसम्म २१ जना महिला र ५५ जना पुरुष गरि ७६ जनामा कोरोना पोजेटिभ देखिएको कागेश्वोरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभएको छ।

सोही अवसरमा नगर प्रमुख थापाले कागेश्वोरी मनोहराका स्थानीय बासिलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन समेत आग्रह गर्नुभएको छ।पछिल्लो समय कोभिड- १९ बाट संक्रमित तथा मृतकको संंख्या देशैभर ह्वात्तै बढेको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

कार्यशैली बदलौँ भन्दा कुर्सीको पछि लागेको हुँदैन : नेता नेपाल